Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सीमामा अवागमन वैशाख ३० सम्म रोक्ने निर्णय

    सीमामा अवागमन वैशाख ३० सम्म रोक्ने निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो । सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो ।



    बैठकले आगामी वैशाख २५ गतेसम्म लकडाउन थप गरेको घोषणा गरेको जनाइएको छ । यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा सरकारले आज लकडाउनको अवधि १० दिन थपिएको छ।



    पहिलो पटक चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको सरकारले दोस्रोपटक उक्त अवधि बढाएर चैत २५ सम्म लकडाउन गर्ने निर्णय गरेको थियो । त्यसपछि फेरि वैशाख ३ गतेसम्म पुर्याइएको थियो भने वैशाख २ गते सरकारले १२ दिनका लागि लकडाउन थपेको थियो। नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार