Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • झापामा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो

    झापामा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 3K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार नेपालमा थप एक जना मानिसमा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ। आइतबार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हाे।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीषक्षको नतिजा अनुसार झापाका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।



    सामान्य स्वास्थ्य अवस्था रहेका उनी अहिले अस्पतालको निगरानीमा छन् । यसअघि झापाको दमकका एक जनामा संक्रमण देखिएको थियो । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइराखेको छ । आइतबार झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना भने डिस्चार्ज भएका छन् ।



    आइतबार नै वीरगञ्जका दुईजनामा कोरोना देखिएको थियो । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो।

    पीसीआर विधिबाट ९ हजार ९ सय ३१ र आरडीटी ४१ हजार ४ सय ३६ जना गरेर ५१ हजारमा गरी अहिलेसम्म ५१ हजार तीन सय ६७ नमुना परीक्षण गर्दा भएका छन्। पछिल्लो २४ घन्टामा दुई हजार ९६ जनाको नमुना परीक्षण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार