Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • २ बजे बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजेका लागि सर्‍यो

    २ बजे बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजेका लागि सर्‍यो

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 1.4K
    SHARES

    काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन भोली (वैशाख १५) गते सकिँदैछ। सोहि विषयमा निर्णय गर्न २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक सरेर ५ बजे बस्ने भएको छ।

    मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री केपी ओलीले कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिससएमसी) सँग छलफल गर्ने भएकाले बैठक सारिएको बताइएको छ ।



    शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो। एक मन्‍त्रीका अनुसार बैठकमा एक महिना लकडाउनले पारेको प्रभाव र संक्रमणको संभावित जोखिमबारे छलफल हुनेछ। संभवत: एक साता लकडाउन थप्‍ने निर्णय हुनेछ।



    सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन यही वैशाख १५ गते सकिँदैछ। संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एक साता थप्‍न सुझाव दिइसकेको छ। स्वास्थ्य मन्‍त्रालयले पनि एक साता लकडाउनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव समितिमा पठाएको थियो।

    लकडाउनलाई राजधानीमा केही खुकुलो बनाउने दबाब आए पनि कम्तीमा अझै एक साता खकुलो बनाउन नहुने सल्लाह विज्ञहरुले समितिलाई दिएका छन्। सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो। पर्सामा दुई जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार