Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नवगठित जनता समाजवादी पार्टीमा नेताहरूकाे मर्यादाक्रम चुनौतीपूर्ण

    नवगठित जनता समाजवादी पार्टीमा नेताहरूकाे मर्यादाक्रम चुनौतीपूर्ण

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । नवगठित जनता समाजवादी पार्टीमा शीर्ष नेताहरूको मर्यादाक्रम चुनौतीपूर्ण देखिएको छ। बुधबार रातिको वार्तामा पहिलो अध्यक्षमा महन्थ ठाकुर र दोस्रो अध्यक्षमा बाबुराम भट्टराईलाई राख्ने सहमति भएको छ। त्यसबाहेक अरु विषयमा पछि छलफल गर्ने समझदारी बनेको नेताहरुले बताएका छन्। नेताहरुको मर्यादाक्रम निर्धारण मुख्य चुनौतीका रुपमा रहेको अधिकांश नेताहरूकाे भनाइ छ।

    तत्कालीन राजपाका अरु पाँचजना अध्यक्ष तथा तत्कालीन समाजवादी पार्टीका उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठको मर्यादाक्रम निर्धारणमा समस्या देखिएको छ। पार्टी एकीकरण प्रक्रियाका सबै घटनामा तत्कालीन राजपाका दुई अध्यक्ष अनिल झा र राजकिशोर यादव सहभागी छैनन्। यिनीहरूको व्यवस्थापनले चुनौती झनै थपिनेछ।



    समाजवादीका नेताहरूले तेस्रो मर्यादामा उपेन्द्रलाई राख्नुपर्ने माग राखेका छन्। तेस्रोमा उपेन्द्रलाई राखे चौथोमा राजेन्द्र महतोलाई राख्नुपर्ने महतोनिकटका नेताहरूको भनाइ छ। यसपछि महेन्द्र यादव, शरत्सिंह भण्डारी र राईमध्ये कसलाई अगाडि राख्ने ? यसबारेमा बुधबारको बैठकमा सामान्य छलफल भए पनि टुंगो लागेन।



    दुवै पार्टीका नेताले बराबरीको सिद्धान्तका आधारमा एकीकरण भएको दाबी गरेका छन्। बराबरी सिद्धान्तकै आधारमा केन्द्रदेखि गाउँसम्म संगठनात्मक संचरना तयार हुने उनीहरुको भनाइ छ। यस्तो भएमा राजपामा ६ अध्यक्ष छन्, समाजवादी पार्टीबाट पनि ६ अध्यक्ष ल्याउँदा १२ सदस्यीय अध्यक्षमण्डल बनाउनुपर्छ। अध्यक्षमण्डलमा कति सदस्य राख्ने वा अध्यक्ष मण्डल बनाउने/नबनाउने भन्ने विषयमा छलफल नै नभएको महतोले बताए। उनले भने, ‘यस विषयमा अब छलफल हुन्छ। छलफलबाटै सबै कुराको टुंगो लाग्छ।’

    समाजवादी सरकारबाट बाहिरिनुअघि दुई पार्टीबीच भएको छलफलमा नेतृत्वको विषयमा तीनवटा मोडेलमा कुराकानी भएको थियो। अध्यक्षमण्डल संरचनामा जाँदा मर्यादाक्रममा उपेन्द्रअगाडि राईलाई राख्न त्यतिखेर महतोले प्रस्ताव गरेका थिए तर यसमा उपेन्द्रले असहमति जनाएका थिए। अब यो विकल्प उपयुक्त नहुने तत्कालीन राजपाका सहमहामन्त्री सुरेन्द्र झाको भनाइ छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार