Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • मन्‍त्रिपरिषद् बैठक बस्दै, लकडाउनकाे समय सीमा थप्ने तयारी

    मन्‍त्रिपरिषद् बैठक बस्दै, लकडाउनकाे समय सीमा थप्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । आइतबार अपरान्ह मन्‍त्रिपरिषद्‌को बैठक बस्दैछ। अपरान्ह दुई बजे प्रधानमन्‍त्री केपी ओलीले मन्‍त्रिपरिषद् बैठक बोलाएका छन्। लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल मन्‍त्रिपरिषद्‌को बैठक बस्ने लागेकाे हाे।

    एक मन्‍त्रीका अनुसार बैठकमा एक महिना लकडाउनले पारेको प्रभाव र संक्रमणको संभावित जोखिमबारे छलफल हुनेछ। संभवत: एक साता लकडाउन थप्‍ने निर्णय हुनेछ।



    सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन यही वैशाख १५ गते सकिँदैछ। संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एक साता थप्‍न सुझाव दिइसकेको छ। स्वास्थ्य मन्‍त्रालयले पनि एक साता लकडाउनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव समितिमा पठाएको थियो।



    लकडाउनलाई राजधानीमा केही खुकुलो बनाउने दबाब आए पनि कम्तीमा अझै एक साता खकुलो बनाउन नहुने सल्लाह विज्ञहरुले समितिलाई दिएका छन्। सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो। पर्सामा दुई जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार