Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • महाकालीमा बगेकी एक महिलाको जीवितै उद्धार

    महाकालीमा बगेकी एक महिलाको जीवितै उद्धार

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 1.9K
    SHARES

    फाइल : तस्बिर

    काठमाडाैँ । महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाएको छ । जिल्ला सदरमुकाम खलङ्गाको तिङ्कर खेडा नजिकैबाट बगेकी व्यास गाउँपालिका–१ का ३० वर्षीया सपना ऐतवाललाई आज विहान प्रहरीले जीवितै उद्धार गर्न सफल भएको हो ।

    ती महिलालाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। नदीमा महिला बगिरहेको देखेपछि तत्काल प्रहरीले जिल्ला अस्पताल नजिकैबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले बताए ।



    झण्डै एक किलोमिटर बगेकी महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचारपछि थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको जिल्ला अस्पताल चिकित्सक गजेन्द्र दुवालले बताए । “अझै गम्भीर अवस्थामा हुनुहुन्छ”, उनले भने, “समयमै उपचार पाउन सक्यो भने बचाउन सकिन्छ ।”



    जिल्ला अस्पालमा झण्डै पाँच घण्टा उपचारपछि थप उपचार गर्न कोहलपुर पठाइएको छ । उहाँलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार