Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पिसीआर परीक्षणमा तीव्रता

    पिसीआर परीक्षणमा तीव्रता

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 2.7K
    SHARES

    काठमाडाैँ। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सप्तरी, सिरहा, सर्लाहीसहित प्रदेश नं २ मा ठूलो सङ्ख्यामा पिसीआर परीक्षणमा तीव्रता दिइएको छ । प्रदेश नं २ का पाँच तथा सप्तरी, सिरहाको सिमानामा रहेको जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि शनिबारदेखि सप्तरी, सिरहा, सर्लाहीसहित प्रदेश नं २ मा पिसीआर परीक्षण तीव्र बनाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    सप्तरीको बोदे बर्साइन नगरपालिकामा शिलाजित र हिङ बेच्न आएका जुम्लाका तीन घुमन्ते व्यापारीसहित बोदे बर्साइनका ११३, डाकनेश्वरी नगरपालिकाका २८, सुरुङ्गा नगरपालिकाका १२, खडक नगरपालिकाकाका दुई र बलान बिहुल गाउँपालिकाका तीन जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।



    स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार लहानमा ६९, गोलबजारमा ६४, मिर्चैयामा ५०, अर्नमामा ४८, धनगढीमाईमा १०, कर्जन्हामा सात र विष्णुपुर गाउँपालिकामा दुईको गरी २५० जनाको नमूना सङ्कलन गरिएको छ ।



    यसैगरी सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट ७५, धनकौल गाउँपालिकाबाट २६ र ईश्वरपुर नगरपालिकाबाट १५ जनाको स्वाब सङ्कलन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । स्वास्थ्य सेवा विभाग इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिपिइ र भिटिएमसहित विज्ञ प्राविधिकको टोली पठाएपछि स्वाब सङ्कलन कार्य तीव्र बनेको हो । आज पनि सप्तरीको सुरुङ्गा र सप्तकोशी नगरपालिकामा १५० तथा सिरहाको कल्याणपुर र सिरहा नगरपालिकामा १५० जनाको स्वाब सङ्कलन गरिने लक्ष्य रहेको महाशाखाका फणिन्द्र ज्ञवालीले बताउए ।

    ज्ञवालीका अनुसार इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मेलान, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट खटिएको प्राविधिक टोलीले प्रदेशको २७ स्थानबाट एक हजार ५२० को पिसीआर नमूना सङ्कलन गर्न लागिएको छ । पिसीआर नमूना सङ्कलन गर्न केन्द्रीय प्रयोगशाला काठमाडौँबाट आएको छ र जनकपुरको दुई गरी आठ टोली स्वाब सङ्कलनमा परिचालित भएको प्रदेश नं २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । सप्तरीको स्वाब परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रदेश नं २ का अन्य जिल्लाका स्वाब काठमाडौँको टेकुस्थित राष्ट्रिय प्रयोगशाला पठाइने ज्ञवालीले बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार