Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • वामदेबले गरे झुटो समाचार भन्दै खण्डन, ओलीसँग बिबाद नभएको प्रस्टिकरण

    वामदेबले गरे झुटो समाचार भन्दै खण्डन, ओलीसँग बिबाद नभएको प्रस्टिकरण

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमको टिकाटिप्पणी भएको बताएका छन् ।

    प्रधानमन्त्री ओली र गौतमबीच चर्काचर्की परेको र एकले अर्कालाई देखाइदिनेसम्मको कुरा भएको समाचार शनिबारदेखि नै अनलाइनहरुमा भाइरल बनेको थियो । प्रधानमन्त्रीसँग चर्काचर्की परेको समाचार भाइरल बनेपछि गौतमले लकडाउनका बीच आइतबार हस्तलिखित विज्ञप्ति जारी गरेका छन् ।



    विज्ञप्तिमा उल्लेख छ–‘पार्टीभित्र र पार्टी सरकारका बीच अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएका थिए ।



    समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौं समस्या पार्टीभित्र उत्पन्न भएका छन् । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई वाइपास गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् ।

    सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ । उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो ।’

    गौतमको विज्ञप्तिमा प्रधानमन्त्रीले थोरै बोलेको कुरा उल्लेख गरे पनि के बोलिएको थियो भन्ने उल्लेख छैन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार