काठमाडौं। पर्सामा दुई जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको हो ।
पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् ।
छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो।
दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ।
Leave a Reply