Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • हत्याका नाइकेलाई जोगाउन बाबुरामले दबाब दिएको खरेलको खुलासा

    हत्याका नाइकेलाई जोगाउन बाबुरामले दबाब दिएको खरेलको खुलासा

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 9.8K
    SHARES

    काठमाडौं। हिन्दु युवा संघ पर्साका तत्कालीन अध्यक्ष काशी तिवारीको वीरगञ्जमा भएको हत्याकाण्डमा नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले नयाँ रहस्य खोलेका छन्।

    काशी तिवारी हत्या प्रकरणमा जोडिएका तत्कालिन मन्त्री प्रभु शाहलाई जोगाउन तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले बालुवाटारमा बोलाएर दबाब दिएको समेत खरेलले खुलासा गरे।



    एक टेलिभिजनसँगको अन्तर्वातामा खरेलले भनेका छन् – ‘तत्कालिन आईजीपी रविन्द्रप्रताप शाहले प्रधानमन्त्रीले बोलाउनु भएको छ भनेपछि म काठमाडौं आएर बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गए।



    त्यहां मेरो आईजीपी शाह, प्रधानमन्त्री भट्टराई, महान्यायाधिवक्ता मुक्ती प्रधान र म थियौ। बाबुरामले खरेलजी, एसपी साप तपाईंको इन्भेस्टिगेशनमा शंका छैन, तपाईं इमान्दार पुलिश अफिसर हो। कानुनको नजरमा सबै एकै छन् भनेर सबै कुरा भन्नु भयो र अन्तिममा मन्त्रीजीलाई बच्चाउने उपाय निकाल्नुहोस भन्नु भो।’

    तिवारीको वीरगञ्जमा भएको गोली हानी हत्या काण्डमा प्रभु साह  जोडिएपनि सरकारी वकिलको कार्यालय बीरगजले उनको नाम अभियोजन पत्रमा हटाएको पनि खरेलले खुलासा गरेका छन्।

    दुई बर्ष अघि प्रहरी महानिरीक्षकको नियुक्तिमा असन्तुष्टि देखाउँदै संगठन छाडेका खरेल हाल ‘हाम्रो नेपाल सुशासन अभियान’ नामक अभियान संचालन गरी भ्रष्टाचारविरोधी काममा सक्रिय छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार