Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ८ वटा पार्टी चाहर्ने बाबुराम छेपारो जस्तै नेता हुन :सांसद पहारी

    ८ वटा पार्टी चाहर्ने बाबुराम छेपारो जस्तै नेता हुन :सांसद पहारी

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 6K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले डा. बाबुराम भट्टराई राजनीतिमा आफु पनि गरी नखाने र अरुलाई गरी खान नदिने व्यक्तिको रुपमा स्थापीत भएको भएको वताएका छन्।

    सांसद पहारीले बाबुरामको राजनीतिक जीवनमा छेपारो जस्तै भएको उल्लेख पनि वताए । डा. भट्टराईले आफ्नो राजनीतिक जीवन छेपारोले आफ्नो रंग फेरे जस्तै गरी हालसम्म ८ वटा पार्टी प्रवेश गरेको उल्लेख गरे । आफ्नो व्यक्तिगत स्वार्थमा रुमलिने स्वार्थी खेलाडीका माहिर रहेका डा. भट्टराईले आफु र आफ्नो श्रीमती बाहेक सवैलाई थिचोमिचो गर्ने शासक भएको दाबी गरे ।



    डा. भट्टराई झुटको खेतीको झुण्ड रहेको उल्लेख गर्दै आफ्नो कर्तुतहरुलाई लुकाउनको लागि अरुको अनावश्यक चर्चा गर्ने गरेको बताउँदै सांसद पहारीले डा. भट्टराईले अरुलाई अनावश्यक आरोप तथा प्रत्यारोप लगाई अनेक फण्डाबाट चर्चा कमाउने नाइकेसमेत भएको आरोप लगाए ।



    सांसद राजिव पहारीलेभनेका छन्,  ‘फ्याउराले छाला फेरे झै जस्ले आफ्नो राजनैतिक जिवनमा ८ वटा राजनैतिक पार्टी परिबर्तन गरिसक्नु भयो हाल सम्म । जसले आफ्नो निहित स्वार्थको निम्ति बहुराष्ट्रियताको कुरालाई अंगिकार गर्नुहुन्छ । जो जुन पार्टीमा जानू हुन्छ त्यो पार्टीमा हुडल्नो मात्रै हाल्ने काम गर्नु हुन्छ । जो नयाँशक्ति पार्टीको प्रमुख हुँदा आफु र हिसिला कमरेड बाहेक अरुलाई अपमान र थिचोमिचो गरेर भष्मासुर रुपि गतिबिधि गरि पार्टीबाट अरुलाई बहिर्गमन गराउनु हुनुहुन्छ । आज उहाँ र उहाँसँग रहेको झुन्ड झुटलाई १०० चोटि दोहोराय पछि सत्य साबित गराउन सकिन्छ कि भनेर गोबेल्श शैलिमा झुटका पुलिन्दा बुनिरहनु भएको छ । अहिले उहाँ रहेको पार्टीमा पनि उहाँले के सम्म गरिरहनु भएको छ भन्ने दिउसोको घाम झै छर्लङ्ग छ हालत । उहाँका उपदेशका कुरा आज सुन्दा बोल्नेलाई भन्दा सुन्नेलाई …। भने जस्तो पो भयो । आफ्नो आङ्गमा भैंसी हिडेको नदेख्ने अरुको आङ्गमा जुम्रा … । ब्यक्तिगत भन्दा पनि यो एउटा प्रबृति भनेको छ नेपालको राजनितिमा …।’

    नेकपाका नेता तथा सांसद महेश बस्नेत, अर्का सांसद किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनाललाई बाबुरामले सांसद अपहरणको आरोप लगाएपछी पहारीको यस्तो भनाइ आएको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार