एजेन्सी । विश्वस्त सूत्रहरूलाई उदृत गर्दै उत्तर कोरियाली नेता किम जोङ उनको निधन भएको अपुष्ट समाचार बाहिरिएको छ।
औपचारिक रूपमा पुष्टी भने भैसकेको छैन। हङकङको स्याटलाइट टेलिभिजन(एचकेएसटिभी)का सह–निर्देशक सिन्झोउले अत्यन्तै विश्वासिलो श्रोतले नेता किमको मृत्यु भएको भन्ने समाचार रिपोर्टिङ गरेको बताएका छन् ।
यतिबेला चिनिया कम्युनिष्ट पार्टीका एक केन्द्रीय सदस्यको नेतृत्वमा एक विशेषज्ञ चिनियाँ चिकित्सक टोली प्योङयाङमा छ। किमको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि प्योङयाङ पुगेको चिनियाँ चिकित्सक टोलीले उनको स्वास्थ्य अवस्थाको बारेमा केही बताएको छैन।
दक्षिण कोरियाली गुप्तचर विभागले यो समाचार बाहिर ल्याएको थियो । त्यही आधारमा अमेरिकी गुप्तचर संस्था सीआईएले पनि यसबारेमा सूचना चुहाएको थियो ।
तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सीएनएनको फेक न्युज भन्दै किम चाँडै नै सार्वजनिक हुने बताएका थिए। डोनाल्ड किम जिवितै रहेको बताउँदै उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका थिए।
Leave a Reply