Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अश्लिल साइट हेर्ने बढे, उच्च जोखिममा बालबालिका

    अश्लिल साइट हेर्ने बढे, उच्च जोखिममा बालबालिका

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडाैँ। बन्दाबन्दीका कारण घरमै बस्नुपर्ने बाध्यताका कारण इन्टरनेटको प्रयोग उच्च छ । कतिसम्म भने नेपालीले दैनिक १२ घन्टासम्म इन्टरनेटमा बिताउने गरेको पाइएको छ ।बन्दाबन्दीको समयमा इन्टरनेटको प्रयोग सम्बन्धमा चाइल्ड सेफ नेटले गरेको हालैको सर्वेक्षणले यस्तो देखाएको हो ।

    सबै प्रदेशलाई समेट्ने गरी वैशाख ५ गतेदेखि ९ गतेसम्म गरिएको उक्त सर्वेक्षणमा एक हजार २२८ जना सहभागी थिए । सहभागीमध्ये १५.२३ प्रतिशतले १२ घन्टासम्म इन्टरनेट प्रयोग गर्ने पाइएको हो ।



    १२ घन्टाभन्दा बढी इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ८.६३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । बन्दाबन्दीपूर्व १२ घन्टासम्म इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या केवल ४.५६ प्रतिशत मात्र थियो ।



    सर्वेक्षणअनुसार औसतमा चारदेखि ६ घन्टासम्म इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या बढी छ । सहभागीमध्ये ३४.५३ प्रतिशतले छ घन्टासम्म इन्टरनेट प्रयोग गर्ने जनाएका थिए । जब कि बन्दाबन्दीपूर्व जम्मा २६.९५ प्रतिशतले मात्र चारदेखि ६ घन्टासम्म इन्टरनेट प्रयोग गर्ने जनाएका थिए । त्यस्तै एकदेखि ३ घन्टासम्म इन्टरनेट प्रयोग गर्ने २४.२७ प्रतिशत पाइएको छ ।

    बन्दाबन्दीमा इन्टरनेट प्रयोग गर्नेले सबैभन्दा धेरै युट्युबको प्रयोग गरेको पाइएको छ । त्यसपछि क्रमशः फेसबुक, नेपाली अनलाइन समाचार पोर्टल, इन्स्टाग्राम, अन्तर्राष्ट्रिय समाचार पोर्टल, विकिपेडिया, विद्यालयको वेबसाइट, टिकटक, पबजी, ट्विटर प्रयोग गरेको सर्वेक्षणले पत्ता लगाएको छ ।

    उद्देश्यअनुसार मनोरञ्जनात्मक गतिविधिका लागि इन्टरनेट प्रयोग गर्ने धेरै पाइएको छ । त्यसपछि समाचार तथा जानकारी लिन, आफन्त तथा साथीभाइसँग सम्पर्क गर्न र शिक्षाका लागि प्रयोग भएको पाइएको छ ।

    सहभागीमध्ये १.५५ प्रतिशतले सामाजिक सञ्जाल प्रयोग नगर्ने पाइयो । प्रयोग गर्नेमध्ये २४.४३ प्रतिशतका अनलाइनका सबै साथी चिनजानका रहेका थिए । ४५.६० प्रतिशतका ७५ प्रतिशत मात्रै अनलाइनका साथी चिनजानका थिए ।

    ५.९६ प्रतिशतका आधा मात्रै अनलाइनका परिचित साथी थिए । यसबीचमा २१.८ प्रतिशतले अपरिचितबाट मित्रताका लागि आएको अनुरोध स्वीकार गरेको पाइएको छ । त्यस्तै करिब १५ प्रतिशतले दुव्र्यवहारजन्य, यौनजन्य सन्देश, तस्बिर तथा भिडियो प्राप्त गरेको उल्लेख गरेका छन् ।

    सहभागीमध्ये ४१.७ प्रतिशतले अश्लील साइट हेरेको स्वीकार गरेका छन् । बन्दाबन्दीको समयमा ७१.४ प्रतिशत बालबालिका अनलाइन शोषणको उच्च जोखिममा रहेको पाइएको छ । आजको गोरखापत्र दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार