Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • बलिउडमा कोरोनाकाे असर: फिल्मबाट चुम्बन दृश्य हट्दै

    बलिउडमा कोरोनाकाे असर: फिल्मबाट चुम्बन दृश्य हट्दै

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 2.4K
    SHARES

    मुम्बई । भारतमा लकडाउन खुलेपछि फिल्म छायांकन सुरु गर्ने पक्षमा धेरै निर्माता निर्देशक छन् । तर, फिल्ममा प्रस्तुत गरिने दृश्य शैली अब आफूहरूले परिवर्तन गर्ने त्यहाँका निर्देशकको भनाइ छ । पछिल्लो समय बलिउड फिल्ममा अंकमाल, चुम्बन, बेड सिनका दृष्य सामान्य हुन थालेका छन् । अब यस्ता दृष्यहरू सिनेमामा केही समय देख्न नपाइने निर्देशकको कथन छ ।

    बलिउडका निर्देशकको भनाइमा कोरोना संक्रमणबाट भारतमुक्त हुन अझै केही महिना लाग्नेछ । तर, लकडाउनपछि बलिउडमा फिल्म निर्माण प्रक्रिया सुरु हुनेछ । बलिउड निर्देशक सुजित सरकारले अब केही समयसम्म आफूहरूले चुम्बन, बेडसिन, अंकमालजस्ता दृष्यलाई फिल्ममा नराख्ने बताएका छन् ।



    ‘म मात्र हैन, थुप्रै निर्देशक साथीहरू कलाकारको स्वास्थ्यको चुनौती मोलेर यस्ता दृष्यहरू सिनेमामा नराख्ने पक्षमा हुनुहुन्छ । त्यसैले, अब बलिउडका सिनेमा फेरि सन् १९७० को दशकको जस्तो नायक नायिकबीचको दूरी बढ्नेछ ।’ निर्देशक सरकारले भने, ‘कोरोना संक्रमणका कारण अहिले कैयौं गाउँबस्तीहरूमा बाहिरी मान्छेको प्रवेश निषेध गरिएको छ र यो क्रम महिनौसम्म चल्नेछ । त्यसैले, सैयौं जना अलगअलग ठाउँबाट आएका कलाकार प्राविधिकको टोलीलाई अब जहाँ पायो त्यही सजिलै छायांकन गर्न दिइनेछ भन्ने मलाई लाग्दैन ।’

    अझै कम्तीमा पनि एक वर्षसम्म छायांकनस्थलमा कलाकार तथा प्राविधिकको मुखमा मास्क हुने बलिउड निर्देशकले बताएका छन् । छायांकनको अवधिमा कलाकार तथा प्राविधिकहरू आपसमा दूरी बनाएर बस्नेछन् । उनीहरूले निरन्तर सेनिटाइजरको प्रयोग गर्ने र आफूलाई सकेसम्म अरूबाट बचाउने कोसिस गर्ने पनि निर्देशकले बताएका छन् ।

    यस्तो अवस्थामा चुम्बनका दृष्य, बेड सिनका दृष्य, अंकमालका दृष्य दिन कलाकार नमान्ने निर्देशकको कथन छ । त्यसैले, यस्ता दृष्य कलाकारबाट छायांकन गर्न आफूहरूलाई गाह्रो हुने पनि बलिउड निर्देशकले बताएका छन् । यो समस्या अहिले छायांकन भइरहेका फिल्ममा पनि देखिनेछ । आफ्नो ज्यानभन्दा ठूलो अरू केही नभएकाले कलाकार अझै केही समय छायांकनको क्रममा सहजै काम गर्ने अवस्थामा नहुने चिन्ता पनि बलिउड निर्देशकले गरेका छन् । एजेन्सी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार