Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, २९ लाख बढी संक्रमित

    कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, २९ लाख बढी संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ — विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान जानेको संख्याका शनिबार २ लाख नाघेको छ । वर्ल्ड मिटरका अनुसार शनिबार साँझसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ३ हजार १ सय ३७ पुगेको छ र यो बढ्ने क्रममा छ ।

    चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोभिड–१९ संक्रमितको संख्या २९ लाख १७ हजारभन्दा धेरै छ । हजारौं अझै बिरामी छन् भने हालसम्म ८ लाख ३६ हजार ४ सय ८६ निको भएका छन् ।



    कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मात्र एक चौथाईभन्दा बढी अर्थात् ५४ हजार २ सय ४६ ले ज्यान गुमाएका छन् भने संक्रमित संख्या ९ लाख ५९ हजारभन्दा बढी छ। अमेरिकापछि इटालीमा २६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने स्पेनमा मृतक संख्या २३ हजार पुगेको छ ।



    फ्रान्समा २२ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने बेलायतमा २० हजार ३ सयले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमण विश्वका लगभग सबैजसो देशमा भेटिएको छ ।

    कोभिड–१९ संक्रमणका कारण पहिलो मृत्यु भाइरस उद्गमस्थल वुहानका ६१ वर्षीय पुरुषको जनवरी ११ मा भएको थियो भने अमेरिकाले फेब्रुअरी २९ मा पहिलो पटक वासिङ्टन राज्यका एक पुरुषको मृत्यु भएको घोषणा गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार