Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रारा राष्ट्रिय निकुन्ज भित्रको रिसोर्टमा आगलागी (तस्बिरसहित)

    रारा राष्ट्रिय निकुन्ज भित्रको रिसोर्टमा आगलागी (तस्बिरसहित)

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 1.8K
    SHARES

    निकुन्जको कार्यालयभन्दा ५० मिटर माथि रहेको भिलेज हिरिटेज एण्ड रिसोर्टमा शनिबार बिहान ९. ४५ बजे एक्कासी आगलागी हुँदा २ तले भवनसहित भान्सा लगाएत अन्य भौकित संरचना आगलागीबाट पूर्ण नष्ट हुँदा लाखौँको क्षति भएको निकञ्ज कार्यालयले जाकारी दिएको छ ।



    निकुञ्ज कार्यालयकै भवन  ०७० सालमा १० वर्षका लागि भाडाममा लिइ आन्तरिक तथा बाह्य पर्यटकका लागि बस्न र खान सुविधासहित होटल संचालनमा ल्याइएको थियो । निकुञ्ज कार्यालय र नेपाली सेनाको श्री दल गुल्मको बीचमा यो होटल छ । शनिबार बिहान ९ .४५ बजे होटलमा  एक्कासि आगो लागेको देखिएको थियो ।  लक डाउनका कारण होटलमा बस्ने ग्राहक थिएनन् ।



    हाल होटलका म्यानेजर र अन्य तीन जना कामदार मात्र रहेका थिए । स्टोर कोठामा राखिएका सोलार प्यानका उपकरणको तारलाई मुसाले काटेकै कारणले आगलागी  भएको अनुमान गरिएको र आगलागीबाट ५० लाखभन्दा बढीको क्षति भएको होटल भिलेज हिरिटेजले जानकारी गराएको हो ।

     रिसोर्ट नजिकै रहेको श्रीदल गुल्मबका नेपाली सेना र निकुञ्ज कार्यालयका  वन रक्षक र अन्य कर्मचारी टोलीले आगो निभाएका थिए । आगो  दिउँसो २ बजे नियन्त्रणममा आएको थियो । आगलागी भएको जानकारी पाउन साथै सदरमुकाम  नेपाली सेनाको गमगढीमा रहेको  सदरमुकाम सुरक्षा बेश क्याम्प शस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसमेत घट्ना स्थलमा पुगी आगो नियन्त्रणमा सहयोग गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका  रेञ्जर यज्ञ रोकायाले जानकारी दिए ।

     आगो नियन्त्रणपछि अहिले के-कति क्षति भएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार