Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • कालोबजारीमा ओम सर्जिकलको धन्दा, केमसन पनि मुछियो

    कालोबजारीमा ओम सर्जिकलको धन्दा, केमसन पनि मुछियो

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 3.7K
    SHARES

    काठमाडौं।  मेडिकल उपकरण कालोबजारी गर्ने शंकर ग्रुपका संचालक सुलभ अग्रवाल जस्तै अर्का कालोबजारीको उदय भएको छ ।

    अग्रवाललाई प्रहरीले कालोबजारी गर्दागर्दै पक्राउ गरेको थियो ।  उनी अनुसन्धानको क्रममा थुनामा छन् । तर कोरोना महामारीमा स्वास्थ्य उपकरणमा कालोबजारी गर्ने क्रम रोकिन सकेको छैन ।



    स्वास्थ्य सेवा विभागलाई बुझाउन ल्याएका स्वास्थ्य सामग्री कालोबजारीमा धमाधम बिक्री भइरहेको छ । स्वास्थ्य सेवा विभागले गएको चैत २३ मा स्वास्थ्य सामग्रीका लागि टेण्डर गरेको थियो । त्यसमा रसायन तथा मेडिकल आपूर्ति सघं नेपाल (केमसान) मा आवद्ध ३९ मध्ये ३६ ब्यवसायीका कम्पनीको तर्फबाट ओम सर्जिकलले भाग लिएको थियो ।



    विभागलाई बुझाउन ल्याएको स्वास्थ्य सामग्री ओम सर्जिकलले कालोबजारीमा बितरण गरिरहेको छ । चीनमा ८४ सेन्ट पर्ने एन नाइन फाइभ मास्कलाई ओम सर्जिकल त्रिपुरेश्वरका रामशरण भण्डारीले शुक्रबार दिनभर ३ सय ८० रुपैयाँमा होलसेल बिक्री गरेको मेडिकल उपकरण ब्यवसायीले जानकारी दिएका छन् ।

    त्रिपुरेश्वरमा अगाडिपट्टिको सटर बन्द गरेर ओम सर्जिकलका संचालक भण्डारीले पछाडिपट्टिबाट दिनभर मास्कदेखि थर्मोगन लगायतका सामान कालोबजारीमा बिक्री गरेका छन् ।

    स्वास्थ्य सेवा विभागको ब्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले ओम सर्जिकलले कालोबजारीमा सामान बिक्री गरेको गुनासो आइरहेको बताए । उनले भने–ओमलाई सर्जिकल मास्क र ग्लोबको ठेक्का दिइएको हो । उसले विभागलाई पार्सियल सामान मात्र बुझाएको छ । अरु पुनः बुझाउँछु भनेको छ ।

    विभागलाई बुझाउन ल्याएको सामान कालोबजारी गरिरहेको छ भन्ने जिज्ञासामा उनले भने, ओम सर्जिकलले शुक्रबार कम्पनीको बेबसाइटमा पनि स्वास्थ्य सामग्री बिक्रीका लागि राखेको सुनेका छौं । ती सामान विभागलाई बुझाउने भनेका सामान हुन् कि होइनन् हामी चेक गर्दैछौं । यदि विभागलाई नबुझाई बिक्री गरेको पाइएमा कारबाही हुन्छ ।

    स्वास्थ्य सेवा विभागले चैत २३ गरेको टेण्डरमा ओम सर्जिकलले ठेक्का पाएको थियो । ओमसँग चैत ३० मा विभागले एक हप्ताभित्र स्वास्थ्य उपकरण ल्याउने सम्झौता गरेको थियो ।

    ओमले २०७७ बैशाख ६ र ७ गते विमान चार्टड गरी चीनबाट स्वास्थ्य सामग्री पनि ल्यायो । सम्झौता अनुसार १ सातामा दिनुपर्ने सामान १४ दिनसम्म नदिंदा पनि स्वास्थ्य सेवा विभाग चुपचाप बसेको छ । कतै विभागसँगै मिलेमतो गरेर ओम सर्जिकलले कालोबजारीमा सामान बिक्री गरेका त होइनन् भन्ने आशंका ब्याप्त छ ।

    ओमले त्यो सामान स्वास्थ्य सेवा विभागलाई २५ प्रतिशत दिएर अरु पछि दिने भनी ७५ प्रतिशत सामान कालोबजारीमा बिक्री गर्दैआएको ब्यवसायीको आरोप छ ।

    चीनबाट विभागलाई बुझाउन ल्याइएको सामानको भन्सार तिरेका छन् कि छैनन्, भन्सार नै नतिरी सरकारलाई बुझाउन भनेर सामान ल्याउने र महामारीमा कालोबजारी गरी मालामाल हुनेमा ओम सर्जिकलका रामशरण भण्डारी मुख्य हुन् ।

    ओमसँग मिलेर कालोबजारी गर्नेहरुमा स्वान इन्टरनेशनलका सुरेश घिमिरे, बायोमेड इन्टरनेशनका उमेश अग्रवाल र हस्पिटेक इन्टरप्राइजेजका संचालक विशाल पण्डित संलग्न रहेका छन् । घिमिरे केमसनका अध्यक्ष पनि हुन् ।

    केमसनलाई सामान ल्याउन दिए कालोबजारी नहुने भन्दै ओम्नीले मेडिकल उपकरण ल्याउँदा बिरोध गर्ने सुरेश घिमिरे र रामशरण भण्डारीहरु नै अहिले कालोबजारीमा लागेको आरोप छ । मेडि कन्सर्नका शम्भु कार्की पनि यो समूहमा सामेल छन् ।

    ओम सर्जिकलले स्वास्थ्य सेवा विभागलाई दिनुपर्ने सामान नदिई इटहरी, बुटवल र धनगढीमा समेत स्वास्थ्य सामग्री पठाएको छ । जुन कालोबजारीमा बिक्री भइरहेको छ । सरकारले छिटो स्वास्थ्य सामान ल्याउनका लागि दिएको हवाई सुविधा प्रयोग गरी ल्याएको सामान ओमका संचालक भण्डारीले कालोबजारीमा बिक्री गर्दैआएका छन् ।

    यसरी भइरहेको छ कालोबजारी

    ओम सर्जिकलले ल्याएको स्वास्थ्य सामग्री स्वान इन्टरनेशनल, हस्पिटेक र बायोमेडले मिलेर कालोबजारी गर्दैआएको समाचार छ । उनीहरुले १ हजार ९ सयमा पाइने पीपीईलाई ३ हजार ५ सय रुपैयाँमा कालोबजारीमा बिक्री गर्दैआएका छन् ।

    ३ हजार ५ सयमा पाइने थर्मोगनको १० हजार ५ सय रुपैयाँमा कालोबजारी गरेका छन् । शुक्रबार ओम सर्जिकलबाट थर्मोगन १० हजार ५ सयमा किनेको एक सर्जिकलका संचालकले नाम नराख्ने सर्तमा बताएका छन् । एन नाइन फाइभ मास्कको २ सय ७९ रुपैयाँमा पाइनेमा ३ सय ८० रुपैयाँसम्म लिने गरेका छन् । (नेपालफेसबाट )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार