Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ४९ कोरोना भाइरस संक्रमितमध्ये १२ जना निकाे भइ घर फर्किए

    ४९ कोरोना भाइरस संक्रमितमध्ये १२ जना निकाे भइ घर फर्किए

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितमध्ये १२ जना निकाे भइ घर फर्किएका छन्। ८१ वर्षीया वृद्धदेखि १९ वर्षीय युवतीसम्मले कोरोना जितेका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार चितवनमा उपचार गराइरहेका २७ वर्षीय युवाको डिस्चार्ज हुँदैछन्। उनले आठ दिनमै कोरोनालाई जितेका हुन्। अन्य ११ जनाको यसअघि नै डिस्चार्ज भइसकेको छ।

    मन्त्रालयका अनुसार अहिले ३७ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा ३० जनाको उपचार भइराखेको छ। अन्य संक्रमितमध्ये पाँच जनाको वीरगञ्जमा उपचार भइराखेको छ भने धनगढी र भरतपुरमा एकएक जनाको उपचार चलिरहेको छ। प्रवक्ता देवकोटाका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४९ हजार तीन सय ३६ नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो। अहिलेसम्म आरडीटी विधिबाट ३९ हजार ६ सय ७० र पीसीआर विधिबाट ९ हजार ६ सय ६६ जनाको गरेर जम्मा ४९ हजार तीन सय ३६ जनामा कोरोना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा १९ सय ४५ जनाको नमुना परीक्षण गर्दै सबै रिपोर्ट नेगेटिभ आएको छ।



    अहिलेसम्म क्वारेन्टाइनमा १४ हजार सात सय ३१ जना छन् जसमध्ये सबैभन्दा बढी सात हजार बढी सुदूरपश्चिममा छन्। उपत्यकामा ३ र बाहिर ८४ गरेर देशभर ८७ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। शुक्रबार मात्र झापा दमकका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो। आरडीटी विधिमा परिवारका चार जनामा पोजिटिभ देखिए पनि पीसीआर विधिबाट एकजनामा मात्र पोजिटिभ देखिएको हो। संक्रमित पुरुषका छोरा चैत ४ गते विदेशबाट आएको खुलेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार