Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कति थपिएला लकडाउनकाे समय सीमा ?

    कति थपिएला लकडाउनकाे समय सीमा ?

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल गर्न अहिले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ।

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा एक महिना लकडाउनले पारेको प्रभाव र संक्रमणको संभावित जोखिमबारे छलफल भइरहेको छ। सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन यही वैशाख १५ गते सकिँदैछ। संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कम्तीमा एक साता थप्‍ने तयारी सरकारले गरिसकेको छ।



    लकडाउनको अवधि र मोडालिटीबारे समितिले निर्णय गरेपछि समितिकै सिफारिसको आधारमा मन्‍त्रिपरिषद्ले निर्णय गर्नेछ। लकडाउनलाई राजधानीमा केही खुकुलो बनाउने दबाब आए पनि कम्तीमा अझै एक साता खकुलो बनाउन नहुने सल्लाह विज्ञहरुले समितिलाई दिएका छन्। सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो।



    यसअघि राष्ट्रिय गौरवका आयोजना तथा उद्योग कलकारखाना पनि दूरी कायम गरेर मापदण्ड अपनाएर खुलाउन सक्ने निर्णय समितिले लिए पनि जनशक्ति अभाव र बढ्दो त्रासले खुल्न सकेको अवस्था छैन । काममा खटिने मानिसहरू सुरक्षित आवतजावतका विषयमा समेत मिलाएर काम अघि बढाउने नीतिमा सरकार देखिएको छ । तथापि, निजी तथा सार्वजनिक यातायात र अत्याआवश्‍यकबाहेकको व्यापार नखोल्ने नीतिमा सरकार अडिग रहेको छ ।

    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरूको संख्या ४९ पुगेको छ । तीमध्ये ११ जना निको भएर घर फर्किइसकेका छन् । अहिलेसम्म ९ हजार ४ सय ८ जनाको पीसीआर प्रविधिमार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । देशभर १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा ८९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार