Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सिंहदरबारमा ‘लकडाउन’ बारे छलफल

    सिंहदरबारमा ‘लकडाउन’ बारे छलफल

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । देशभर जारी लकडाउन थप गर्ने वा नगर्ने जारी राख्ने भए कसरी के कस्तो प्रकारले जारी राख्ने भन्ने विषयमा छलफल गर्न कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा लकडाउनको स्वरुप कस्तो हुने भन्ने बारेमा छलफल भइरहेको हो ।

    अहिलेसम्मको स्थिति र बिभिन्न स्थानको संक्रमणको अवस्थाबारे विश्लेषण गर्दै आगामी दिनमा लकडाउनको नीति कस्तो बनाउने भन्नेबारेमा छलफल हुँदै गरेको स्रोतले बताएको छ ।छलफलपछि प्रधानमन्त्रीलाई जानकारी गराएर लकडाउनको स्वरुप कस्तो हुने भन्नेबारेमा निर्णय हुने जनाएको छ ।



    विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्ने उदेश्यले गत चैत १० गतेको मन्त्रीपरिषद बैठकले चैत ११ गतेदेखि नेपालभर लागू हुने गरि लकडाउन जारी राखेको छ । लकडाउनको अवधि दुई पटक थप गरि वैशाख १५ गतेसम्म पु¥याइएको छ ।



    काेराेनाभाइरसका कारण नेपालमा हालसम्म ४९ जनामा संक्रमण पुष्टि भइसकेकाे छ । जसमध्ये १० जना निकाे भइसकेका छन् भने ८९ जना अाइसाेलेशनमा राखिएकाे छ । यसैगरि १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा राखिएकाे छ । उक्त विवरण ९ हजार ४ सय ८ जनामा पीसीअार परिक्षण र ३८ हजार ८९ जनामा अारडीटी परिक्षणबाट फेला पारेका हुन् ।

    हालसम्म विश्भर एक लाख ९७ हजार भन्दा माथीकाे संख्यामा मानिसहरूकाे काेराेनाभाइरकका कारण मृत्यु भैसकेका छन् भने २८ लाख ३३ हजार भन्दा माथीकाे संख्यामा संक्रमितहरू देखा परेका छन् । सबै भन्दा धेरै प्रभावित हुनेमा अमेरिका रहेकाे छ । अमेरिकामा हालसम्म ५२ हजार माथीकाे संख्यामा मानिसहरूले ज्यान गुमाइसकेका छन् । उक्त देशमा मात्र ९ लाख २५ हजार काेराेना संक्रमित देखिएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार