Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना सङ्क्रमित भेटिएपछि दमकमा उच्च सतर्कता

    कोरोना सङ्क्रमित भेटिएपछि दमकमा उच्च सतर्कता

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडाैँ। झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता गर्न थालिएको छ ।

    गत चैत ४ गते युनाइटेड अरव इरिमेट्स (दुबइ) बाट घर आएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा बिहीबार गरिएको आरडिटी परीक्षणमा तीनै जनाको एण्टीबडी पोजेटिभ देखिएको र तीमध्ये ६२ वर्षीय बुबामा भने पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सुरक्षा सतर्कता थालिएको हो ।



    सङ्क्रमण पुष्टि भएलगत्तै नगरपालिकामा शुक्रबार साँझ नै बसेको बैठकले कोभिड–१९को सङ्क्रमण देखिएको वडा आसपासका क्षेत्रमा थप कडाइ गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले बताए । उनका अनुसार सङ्क्रमितको घर बिहीबार बेलुकादेखि नै सिल गर्नुका साथै त्यस घर नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको छ ।



    बिहीबार दमक–३ का एकै परिवारका तीन जनामा गरिएको ¥यापिड टेष्टमा एण्टीबडी पोजेटिभ देखिएपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणका क्रममा एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो । दमक अस्पतालको आइसोलेसनमा ती सङ्क्रमितसहित सात जना राखिएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

    शुक्रबार सम्ममा दमकका विभिन्न तीन क्वारेन्टाइनमा ४१ जना रहेका छन् । दमक–४ स्थित मानसरोवरमा २१, दाहाल प्रतिष्ठानमा छ र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार