Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोना भाइरस रोकथामका लागि सेना तयारीमा

    कोरोना भाइरस रोकथामका लागि सेना तयारीमा

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । कोभिड–१९ संक्रमणको नियन्त्रण तथा रोकथाम र उपचारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । सेनाको प्रदेश नं ५ मा रहेको मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलले यसको नियन्त्रण तथा रोकथाम र उपचारका लागि क्वारेन्टाइन, आइसोलेशन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको छ ।

    मध्यपश्चिम हेडक्वार्टरका प्रमुख उपरथी सीताराम खड्काले प्रदेशका सबै ब्यारेकमा कुल ४५३ शय्याको क्वारेन्टाइन, १०० शय्याको आइसोलेशन वार्ड, हेल्थ डेस्क, ‘रेपिड रेस्पोन्ट’ टिम र ‘पेसेन्ट रिसिभिङ’ टिमलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । प्रदेशको अन्तरराष्ट्रिय सीमाक्षेत्रमा आठ , प्रदेश सीमामा तीन र जिल्लामा पाँच हेल्थ डेसक स्थापना गरेको मध्यपश्चिम पृतना हेडक्वाटरको सूचना शाखाले जनाएको छ । सेनाले प्रदेशभरि १२१ आफ्ना स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जनाएको छ ।



    बन्दाबन्दीको कार्यान्वयन गराउनका लागिसमेत नेपाली सेनाले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगको सहकार्यमा नियमित गस्तीलाई तीव्र बनाएको छ । सेनाले प्रदेशका सबै जिल्लामा औसत २० पैदल गस्ती र ११५ मोटर गस्ती गरिरहेको मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख उपरथी खड्काले जानकारी दिए ।



    कोरोना भाइरसको महामारीको अवस्थामा आए थप क्वारेन्टाइन र आइसोलेशन स्थापना गर्ने स्थानको पहिचान तथा सेनाको प्राविधिक टोलीलाई छोटोछरितो उपचारमा खटिने तालीमको व्यवस्थासमेत गरिएको बताइएको छ । नेपाली सेनाले सबै प्रदेश र राजधानीमा गरी चार हजार ६२१ शय्याको क्वारेन्टाइन, ५९२ शय्याको आइसोलेशन वार्ड निर्माण तथा विशेष तालीमप्राप्त प्राविधिक र स्वास्थ्यकर्मी पाँच हजार ३०८ खटाएको सैनिक मुख्यालयले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार