Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कुहिएको दाल बेच्ने मेयर सेटिङमा छुटे

    कुहिएको दाल बेच्ने मेयर सेटिङमा छुटे

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 2.6K
    SHARES

    बारा। कलैया उपमहानगरपालिकाका २७ वटा वडामा कुहिएको दाल राहत वितरण गर्ने व्यक्तिहरु छुटेका छन् । कुहिएको दाल राहत बितरण गर्ने कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित कोल्डस्टोर संचालक बुधबार रातिसम्म बयान सकी छुटेका थिए । उनीहरुलाई कारबाहीको साटो उन्मुक्ति दिइएको छ ।

    दालकाण्डका एक आरोपी धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मा भनिने तेजकरण जैन भारतीय नागरिक रहेको खुलेको छ । उनी शु क्रबार छुटेका छन् । भारतीय नागरिक जैनलाई कारबाही गर्नुको साटो जिल्ला प्रशासन कार्यालय, बाराले रातारात धरौटीमा रिहा गरेको छ ।



    दालकाण्डमा मुछिएका १२ जना आरोपीहरुलाई बुधवार राती साढे नौ बजे धरौटी लिएर छोडिएको हो । कुहिएको दाल प्रकरणमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादव तथा दाल मिलका सञ्चालन जैनसहित १२ जनालाई बारा प्रहरीले पक्राउ गरेको थियो ।



    तर, अन्यको हकमा धरौटीमा रिहा हुने कानून छ । सो कानुनलाई टेकेर भारतीय नागरिक जैनको हकमा समेत धरौटी लिएर छाडिएको घटनामा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको नाम जोडिएको चर्चाले अहिले बारामा व्यापकता पाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार