Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राैतहटमा असिना पानीले क्षति, सांसद साहद्वारा क्षतिपूर्तिको व्यवस्था गर्न माग

    राैतहटमा असिना पानीले क्षति, सांसद साहद्वारा क्षतिपूर्तिको व्यवस्था गर्न माग

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 3K
    SHARES

    रौतहट । रौतहटमा शुक्रबार असिना झरेसँगै वर्षा भएको छ । तीव्र गतिको हावाहुरीसँगै शुरु भएको असिना पानीले व्यापक क्षति पुर्याएकाे छ । कोरोना महामारीसँगै महिना दिनदेखि जारी लकडाउनबाट पीडि़तहरू हावाहुरी र असिना पानीले झनै समस्यामा परेका छन्।

    टहरिया र गुजरा नगरपालिकामा हावाहुरीसहित परेको असिना पानीले ठूलो क्षति पुर्याएको छ । असिना, हावाहुरी र वर्षाका कारण दर्जनौं घरका छाना उडाएको छ भने कतिको घर, गोठ, पसल समेत भत्काएको छ । भने आप, लिचि र अन्न् बालीमा समेत ठूलो क्षति पूर्याएको छ ।



    सयौं हेक्टर जग्गामा किसानले लगाएको अन्न तथा तरकारीबाली नष्ट बनाएपछि किसान चिन्तित बनेका छन् । यो संकटपूर्ण अवस्थामा पीडितहरुलाई तुरुन्त राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न सांसद प्रभु साहले माग गरेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार