Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लकडाउनकाे समय सीमा थप्ने सरकारकाे तयारी

    लकडाउनकाे समय सीमा थप्ने सरकारकाे तयारी

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 3.4K
    SHARES

    काठमाडाैँ। प्रधानमन्त्री केपी ओलीले भारतको अवस्था हेरेर मात्र नेपालमा लकडाउनबारे निर्णय हुने बताएका छन् । संक्रमण बढ्दै गएको भारतले २१ वैशाखसम्म लकडाउन तोकेको छ । नेपालमा पछिल्लो ५ दिनमा १९ जनामा संक्रमण देखिएको छ । संक्रमण तेस्रो चरणमा पुगेकाले जोखिम बढिरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

    सरकारले १५ वैशाखपछि पनि लकडाउन लम्ब्याउने निश्चित भएको छ । केही जिल्लामा भने लकडाउनको ढाँचा परिवर्तन गर्नेबारे छलफल अघि बढेको छ ।संक्रमण विस्तार हुँदै गएकाले लकडाउन अझै केही हप्ता लम्बिने कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिमा रहेका एक मन्त्रीले बताए । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा संक्रमण नदेखिएका जिल्लामा उच्च सतर्कता अपनाएर केही व्यवसाय तथा विकास निर्माणका काम सुचारु गर्न सकिनेबारे छलफल सुरु भएको छ ।



    उपत्यकामा चारजनामा संक्रमण देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन् । उच्चस्तरीय समितिले काठमाडौंमा अत्यावश्यकबाहेक थप केही उद्योग चलाउन दिने सकिनेबारे छलफल अघि बढाइएको छ ।



    सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले वर्तमान परिस्थितिमा लकडाउन बढ्ने सङ्केत गर्दै त्यसका लागि मुलुकको वर्तमान अवस्था विश्लेषण गर्नुपर्ने आवश्यकता औल्याएका हुन्। सिंहदरबारमा बिहीबार आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री खतिवडाले यस्तो बताएका थिए।

    ‘लकडाउन खोल्ने हो भने मुलुकको स्वास्थ्य परीक्षणको विधि, उपकरण र स्वास्थ्यकर्मी ठिक ठाउँमा छन् की छैनन्, सङ्क्रमणको दर बढ्ने अवस्था भयो भने हाम्रो सम्पूर्ण पूर्वाधार पर्याप्त छ की छैन हेर्नुपर्छ’, मन्त्री डा खतिवडाले अगाडि भनेका थिए, ‘नागरिकमा पर्याप्त चेतना, सामाजिक दूरी र अनुशासन छ की छैन, यी यावत कुरा हेरेर जोखिम मुक्त छौँ भनेपछि मात्रै खोल्ने हो।’

    उनले लकडाउन लम्बिदै गर्दा जीवनलाई चाहिने न्यूनतम आपूर्तिजन्य कुरालाई परिपूर्ति गर्न केही सहजता अपनाउनुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ सरकार अघि बढेको प्रष्ट पारेका थिए।

    विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण समयमै अन्तरर्राष्ट्रिय आवागमन, सीमा नाका बन्द गरेर काम गरिएको उनले जानकारी दिए। नेपालले एक पक्षीय ढङ्गले लकडाउनको निर्णय नगरिएको उल्लेख गर्दै उनले लुकिछिपी आउने क्रम नरोकिँदा यती धेरै सङ्क्रमण हुने अवस्था सिर्जना भएको जिकिर गरे। गत महिना आजकै दिन सरकराले अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाइने गरी लकडाउनको आदेश जारी गरेको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार