Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्रीको निर्देशन: लकडाउनको मोडालिटी तयार पार्नु

    प्रधानमन्त्रीको निर्देशन: लकडाउनको मोडालिटी तयार पार्नु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ बैशाख २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । देशभर जारी लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले यस्ताे निर्देशन दिएका हुन्।

    उनले लकडाउन जारी रहने तर यसबारे केही सोच्न जरूरी रहेको बताएको एक मन्त्रीले बताए। शनिबार उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने र उसले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय लिने समन्वय समितिमा समेत रहेका ती मन्त्रीले जानकारी दिए।



    ‘अहिले नै लकडाउन हटाउन सकिँदैनजस्तो लाग्छ। किनकी सर्लाही उदयपुर भोजपुरलगायतका ठाउँमा कोरोना देखिएको छ,’ उनले भने, ‘लकडाउनको मोडालिटी यस्तै हुन्छ भनेर म भन्न त सक्दिनँ तर अहिले भइरहेकोमा केही फरक हुनसक्छ। यसबारे अन्तिम निर्णय भने भोलि र पर्सिमा बस्ने मन्त्रिपरिषद बैठकले गर्छ।’ प्रधानमन्त्री ओलीले यो बीचमा बिभिन्न देशका प्रबुद्धहरूसँग कुराकानी गरेर त्यहाँ रहेका नेपाली श्रमिकहरूबारे जानकारी लिएकोसमेत बैठकमा बताएका थिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार