Online Nepal
  • मंगलबार, १० असार २०८२
  • कोरोना परीक्षणका लागि गाउँगाउँमा टाेली परिचालन

    कोरोना परीक्षणका लागि गाउँगाउँमा टाेली परिचालन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि गाउँपालिकादेखि महानगरपालिकासम्म विशेष टोली परिचालन गर्ने तयारी गरेकाे छ। कोरोना परीक्षणको दायरालाई विस्तार गर्ने क्रममा शुक्रबार प्रदेश २ का २७ ठाउँबाट स्वाबको नमुना संकलन भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार स्वाब संकलनका लागि नेपाली सेना र प्राविधिकको टोली परिचालन भएको छ।

    मन्त्रालयले हरेक गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच टोली परिचालन गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए।



    ‘कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ट्रेसिङ र टेस्टिङको सहजिकरणका लागि टिम खटाउने गरी तीनतीन जनाको समूह बनाएका छौँ’, प्रवक्ता देवकोटाले भने, ‘सहजिकरण समूहमा जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी र नर्स एकएकजना गरेर तीनजना हुनेछन्।’

    देवकोटाका अनुसार हरेक गाउँपकिामा यस्तो एउटा समूह परिचालन हुनेछ भने नगरपालिकमा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच समूह खटाइने छ। ‘यो समूहमा स्थानीय तहका स्वास्थ्यकर्मीलाई परिचालन गर्ने त्यहाँ अपुग भए अन्य क्षेत्रबाट पठाउने तयारी छ’, देवकोटाले भने। पछिल्लो २४ घण्टामा नयाँ संक्रमित फेला परेका छैनन्। अहिलेसम्म सं्रक्रमित व्यक्तिको संख्या ४८ पुगेको छ। १० जना निको भएर घर फर्किएका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार