Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • किन स्थगित भयाे जनकपुरमा पीसीआर परीक्षण?

    किन स्थगित भयाे जनकपुरमा पीसीआर परीक्षण?

    अनलाइन नेपाल
  • शुक्रबार, १२ बैशाख २०७७
  • 1.8K
    SHARES

    जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामस्थित पीसीआर प्रयोगशालाको रिपोर्टमा शंका उपशंका उत्पन्न भएपछि तत्कालका लागि प्रयोगशाला बन्द गरिएको छ। गत बिहीबार एक युवकको जनकपुरमा दुई पटक गरिएको स्वाब परीक्षणमा नेगेटिभ देखाए पनि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पोजिटिभ रिपोर्ट आएपछि तत्कालका लागि परीक्षण बन्द गरिएको हो।

    प्रादेशिक अस्पताल जनकपुरमा अहिलेसम्म जाँच गरेका सयभन्दा बढी स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार फरक नतिजा आएपछि ति सबै नमुना शंकाको घेरामा परेका छन्। सर्लाहीको धनकौल गाउँपालिकाका एक १४ वर्षीय किशोरको जनकपुरमा दुई पटक नेगेटिभ रिपोर्ट आएको थियो। तर, काठमाडौंको प्रयोगशालामा पोजिटिभ नतिजा आएपछि पीसिआर मेसिनको विश्वसनियता माथि प्रश्न उठाउँदै चेकजाच बन्द गरिएको प्रयोगशाला निमित्त निर्देशक रामविनय साहले जानकारी दिए।



    ‘जनकपुर र काठमाडौंमा फरक नतिजा आउनुमा पीसीआर मेसिन प्रमुख कारक हो, कम गुणस्तरको मेसिन जडान हुँदा भरपर्दो नतिजा आउन सकेन’, निर्देशक साहले भने, ‘अब हामीले परीक्षण गरेको सयभन्दा बढी नतिजामाथि समेत प्रश्न उठेको छ।’



    प्रादेशिक अस्पताल जनकपुरका सेवानिवृत्त वरिष्ठ ल्याब टेक्निसियन अरुणकुमार मल्लिकले नमुना संकलन, परीक्षण प्रक्रिया, मेसिनको गुणस्तर र प्राविधिकको कार्य क्षमताले समेत नतिजा फरक पर्ने सक्ने बताए।

    निमित्त निर्देशक साहले यसअघि १५ स्थानमा जडान गरिएको एकै प्रकारको उपकरण मेसिन हटाएर बढी क्षमता भएको पीसीआर जडान भएपनि प्रादेशिक अस्पतालमा पुरानैको भरमा काम चलाउनु सरकारको कमजोरी भएको बताए। उनले भने, ‘नयाँ मेसिन जडान गर्न सरकारलाई जानकारी गराइसकेको छु, कार्यान्वयन कहिले हुन्छ, थाहा छैन्।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार