Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • कोरोना कहर : विश्वभर मृतकको संख्या १ लाख ९० हजार नाघ्यो

    कोरोना कहर : विश्वभर मृतकको संख्या १ लाख ९० हजार नाघ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १२ बैशाख २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९० नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयकाअनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ९० हजार हजार ४ सय ९० पुगेको छ। मृत्यु हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा छ ।

    त्यस्तै, इटालीमा २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार १ सय ५७, बेलायतमा १८ हजार ७ सय ३८ को मृत्यु भइसकेको छ। निको हुनेको संख्या पनि दैनिक बढिरहेको छ। शुक्रबार बिहानसम्म कुल ७ लाख ३७ हजार ८ सय ६४ जना उपचारपछि निको भइसकेका छन्।



    निको हुनेको संख्या जर्मनीमा बढी छ। त्यहाँ १ लाख ३ हजार ३ सय उपचारपछि निको भइसकेका छन्। संक्रमितको संख्या २७ लाख नाघेको छ। तथ्यांकअनुसार कुल २७ लाख ३ हजार ६ सय १५ जना संक्रमित भइसकेका छन्।



    संक्रमितको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ ८ लाख ६६ हजार ६ सय ४६ जना संक्रमित भइसकेका छन्। स्पेनमा २ लाख १३ हजार २४, इटालीमा १ लाख ८९ हजार ९ सय ७३, फ्रान्समा १ लाख ५९ हजार ४ सय ६०, जर्मनीमा १ लाख ५३ हजार १ सय २९, बेलायतमा १ लाख ३९ हजार २ सय ४६ र टर्कीमा १ लाख १ हजार ७ सय ९० संक्रमित भएका छन्।

    नेपालमा भने कुल ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये १० जना निको भइसकेका छन् भने बाँकी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार