Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • रामकुमारी झाँक्रीको प्रश्न – सांसद किनबेचको श्रृङखला सुरू किन गर्न खोजियो?

    रामकुमारी झाँक्रीको प्रश्न – सांसद किनबेचको श्रृङखला सुरू किन गर्न खोजियो?

    अनलाइन नेपाल
  • शुक्रबार, १२ बैशाख २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले नेपाली राजनीतिमा वैदेशिक शक्तिको चलखेल बढेको आरोप लगाएकी छिन् । उनले समाजिक संजाल मार्फत विदेशी शक्तिकाे जालमा आफ्नै पार्टी नेतृत्व परेको संकेत गरेका हुन्।

    सामाजिक सञ्जालबाट धारणा राख्दै सांसद झाँक्रीले विदेशी हस्तक्षेपलाई आमन्त्रण गरेरै सांसद किनेबेचको श्रृखंला रचिएको बताएकी छिन् । झाँक्रीले मानवीय संकटको यस्तो बेलमा मन्त्रिपरिषदबाट विवादास्पद अध्यादेश आउनु, राष्ट्रपतिले हठात् पारित गर्नु, विपक्षी दलका सांसदलाई अपहरण शैलीमा होटेलमा राख्नु जस्ता घटना सामान्य नभएको भन्दै झाँक्रीले यसमा दोषीलाई कारवाही गर्नुपर्ने हो वा होइन भनी प्रश्न गरेकी छिन् ।



    अध्यादेशले सत्ता राजनीतिको घृणित खेल सुरु गराएको भन्दै सांसद झाँक्रीले यी सबै प्रकरणको जवाफ सपाट रुपमा दिनुपर्ने उल्लेख गरेकी छिन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार