Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • कोरोना संक्रमितलाई पहिलो पटक भ्याक्सिन दिइयो

    कोरोना संक्रमितलाई पहिलो पटक भ्याक्सिन दिइयो

    अनलाइन नेपाल
  • शुक्रबार, १२ बैशाख २०७७
  • 1.5K
    SHARES

    लण्डन । कोरोना भाइरसको उपचारका अनेक उपाय खोजी भइरहँदा बेलायतमा दुईजना संक्रमितलाई पहिलो पटक भ्याक्सिन दिइएको छ ।

    बिबिसीका अनुसार बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिन दिइएको हो । अक्सफोर्डमा नै तयार पारिएको उक्त भ्याक्सिन पहिलो पटक स्वयंसेवकलाई दिइएको हो । बेलायतमा परीक्षणको रुपमा भ्याक्सिन दिएको पनि बताइएको छ ।



    साथै निकट भविष्यमै थप ८ सय जनालाई भ्याक्सिन दिइने बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बेलायतमा पनि फैलिन थालेपछि तीन महिनामा उक्त भ्याक्सिन तयार पारेको बताइएको छ ।

    बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ३८ हजार भन्दा धेरै पुगिसकेको छ । यस्तै २ हजार ३ सय भन्दा धेरैको मृत्यु भएको छ । जसमध्ये १५ सय बढीको अवस्था गम्भीर छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार