Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • भैंसेपाटीमा बहुमतसहितकाे सचिवालय बैठककाे निष्कर्ष: अध्यादेश तत्काल फिर्ता लिनुपर्छ

    भैंसेपाटीमा बहुमतसहितकाे सचिवालय बैठककाे निष्कर्ष: अध्यादेश तत्काल फिर्ता लिनुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतमको भैंसीपार्टीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यहरूको बैठक बसेको छ। बिहीबार साँझ सुरु भएको बैठकमा प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी रहेका छन्।

    सचिवालयका अधिकांश सदस्यहरूले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्षमा पुगेका छन्। बैठकले अध्यादेश फिर्ता गर्नुपर्ने निष्कर्षमा नेताहरु पुगेका हुन्।
    नेकपाभित्रको आन्तरिक विवाद चुलिदै गएको अवस्थामा बसेको यो बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ। सरकारले जारी गरेको अध्यादेश फिर्ता गराउने निष्कर्षमा पुगेका छौं। अध्यादेश काम छैन। फिर्ता लिनैपर्छ,’ एक सचिवालय सदस्यले भने।



    बिहीबार नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटमा ओली अध्यादेश फिर्ता लिन सकरात्मक रहेका थिए
    सरकारले सोमवार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि सत्तारुढ दलमा विवाद चुलिएको हो।



    नौ सदस्यीय सचिवालयमा प्रधानमन्‍त्री ओली, उपप्रधानमन्‍त्री इश्‍वर पोखरेल र गृहमन्‍त्री रामबहादुर थापा बादलबाहेक अरु छ जना भैंसीपार्टीमा सहभागी छन्। भैंसीपार्टीमा बैठक बस्दै गरेको अवस्थामा प्रधानमन्‍त्री केपी ओली भने राष्ट्रपति विद्‍या भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। विवादित अध्यादेशका बारेमा परामर्श गर्न ओली शितलनिवास पुगेको बताइएको छ।

    बैठकमा सरकारको भूमिका, सरकारका गलत कदमका कारण पार्टी बद्‌नाम भएकोलगातका आन्तरिक विषयलगायतमा छलफल भइरहेको छ। पार्टीभित्र कुनै छलफल तथा परामर्श नगरीकन गत वैशाख ८ गते प्रधानमन्‍त्री केपी ओलीको विशेष पहलमा दल विभाजनलाई खकुलो पार्ने र प्रतिपक्षको भूमिकालाई संवैधानिक परिषदमा निषेध गर्ने खालको अध्यादेश जारी भएपछि पार्टीभित्रैबाट यसको चर्को विरोध र आलोचना भएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार