Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पार्टी एकतापछि रेणु यादवले खाेलिन् मुख

    पार्टी एकतापछि रेणु यादवले खाेलिन् मुख

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडाैँ। पार्टी विभाजन सम्बन्धी अध्यादेश जारी भएलगत्तै सांसद रेणु यादवको नेतृत्वमा पूर्व समाजवादी पार्टी विभाजनको तयारी रहेकाे हल्ला चलेकाे थियाे। तर उक्त हल्लामा केही सत्यता नरहेकाे सांसद यादवले बताइन्।

    सांसद यादवले पूर्व समाजवादीभित्र चुलिएको विवाद स्वीकार गर्छिन्। पछिल्लो समय सरकारसँग मिलेर पार्टी फुटाउन खोजेको आरोप उनलाई लागेको छ। असन्तुष्ट समूहकी नेतासमेत रहेकी यादवले सञ्चार माध्यममा अाएकाे समाचारमा कुनै सत्यता नरहेकाे बताइन्।



    उनले एक पत्रिकालाइ अन्तरवार्ता दिने क्रममा भनिन्,’पार्टीभित्र विवाद छ तर पार्टी नै फुटाउने खालको निर्णय भएको छैन। हामीले कुनै ठाउँ बैठक गरेको प्रमाण छ ? पार्टीका नेताहरु आआफ्नै खालले असन्तुष्ट हुनुहुन्छ यो स्वभाविक हो। यही समयमा अध्यादेश आयो र पार्टी फुट्छ कि भनेर पार्टीभित्र साथीहरु डराए। यस्तो केही छैन।’



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार