Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपालमा कोरोना जित्नेको संख्या ९ पुग्यो

    नेपालमा कोरोना जित्नेको संख्या ९ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका उनीहरु आज डिस्चार्ज भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्तिहरु डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

    उनीहरु आमा–छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो । यो परिवारका तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएका थिए । नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्‍यापिड टेष्ट गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो ।



    त्यसलगत्तै सनसिटी अपार्टमेन्ट सिल गरी उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो उनीहरुलाई मूलपानीस्थित नगर अस्पतालका सुरक्षाकर्मी र सेनाको टोलीले र्‍यापिड टेस्ट प्रविधिमार्फत परीक्षण गरेको थियो। नमूना रिपोर्टमा पोजेटिभ देखिएपछि पुन: परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। यो सहित डिस्चार्ज हुनेको संख्या ९ पुगेको छ।



    यस्तै बिहीबार थप दुईजनामा कोरोना संक्रमण देखिएको छ।कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिए। यो सँगै संक्रमितको संख्या ४७ पुगेको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार