Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनमा बढ्यो काठ तस्करी

    लकडाउनमा बढ्यो काठ तस्करी

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 3.7K
    SHARES

    फाइल तस्बिर

    धनुषा। विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा लागू गरिएको लकडाउनको मौका छोपी धनुषामा काठ तस्करीको क्रम बढेको छ ।

    जिल्लाका उत्तर–पश्चिममा अवस्थित मिथिला नगरपालिका—११ को तल्लो तुलसी ढाडखोलामा पर्ने सुन्दर सामुदायिक वन र राष्ट्रिय वनबाट काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ । लकडाउनका वेला हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाइएको छ ।



    काठ तस्करीमा अधिकांश स्थानीयवासीकै सङ्लग्नता रहेको बताइएको छ । उनीहरुले वन कर्मचारी र प्रशासनको मिलोमतोमा काँचो साल र खयर लगायत वहुमूल्य रुख काटेर बिक्री गर्ने गरेका छन् । अवैध रुपमा कटान गरिएका त्यस्ता काठहरु महोत्तरीको बर्दिवास, विजलपुरा, औरही र धनुषाको लालगढ, बडहरी र जमुनिबासदेखि दक्षिणमा सञ्चालित फर्निचर उद्योगमा बिक्री वितरण गर्ने गरेको बताइएको छ ।



    यसअघि पनि मिथिला नगरपालिका ७ स्थित औरही खोला र बसि खोलाको सिरानबाट व्यापक काठ तस्करी भएपछि स्थानीय प्रहरी प्रशासनले सक्रियता बढाएपछि तस्करी रोकिदै गएको थियो। “लकडाउनका बेला काठ तस्करी गरेर कमाउने दाउमा रहेका कर्मचारीको पहिचान गरेर निलम्बन गर्ने काम थालिएको छ”, प्रदेश नं. २ उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले भन्नुभयोे, “तस्करी बढेको गुनासो आएपछि वन क्षेत्रमा सुरक्षाकर्मी र वनकर्मीको परिचालन बढाइएको छ । डीएफओहरूलाई पनि फिल्डमै खटाइएको छ।”

    लकडाउनको मौका छोपी महोत्तरीमा पनि वन फडानी तीब्र रुपमा भइरहेको छ । सालका ठूल ठूला रूख र सालका लाथ्राहरू कटान भएका छन् । बर्दिवास नगरपालिका—३ स्थित पानीखोल्सी रातमाटा सामुदायिक वनमा अहिले काठ तस्करी गर्ने क्रम बढेको छ । दुई सय २२ हेक्टरमा फैलिएको वनक्षेत्रमा लकडाउनमा घाँस दाउरा गर्ने वहानामा वनमा पस्नेको सङ्ख्या ह्वातै बढेको स्थानीयवासी बताउँछन् । पानीखोल्सी वन क्षेत्रमा हेटौंडा ढल्केवर विद्युत् प्रसारण लाइनमा परेर २ वर्षअघि कटान गरिएका रूखका काठ पनि अहिले धमाधम चोरी तस्करी भइरहेको छ ।

    सो वन क्षेत्रमा मात्रै प्रसारण लाइनमा पर्ने एक हजार २३४ रूख कटान भएका थिए । कटान भएका रूखका काठ घाटगद्दीबाटै अहिले चोरी भइरहेको भए पनि वनले त्यसको संरक्षणमा चासो देखाएको छैन । उक्त फडानी भएको क्षेत्रमा ८ हजार क्युफिट काठ सामुदायिक वनभित्रै घाटगद्दी गरिएको थियो । पानीखोल्सी सामुदायिक वनका अध्यक्ष माधव पोखरेलले वनमा कुनै किसिमको फडानी र चोरी निकासी नभएको दाबी गरे ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार