Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • बंगलादेशमा लकडाउन वैशाख २३ गतेम्म बढ्यो

    बंगलादेशमा लकडाउन वैशाख २३ गतेम्म बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 1.6K
    SHARES

    ढाका । बंगलादेश सरकारले कोरोनाभाइरस संक्रमित संख्या बढेको भन्दै देशव्यापी लकडाउनलाई आगामी वैशाख २३ गतेसम्म लम्ब्याएको छ । बंगलादेशका सामान्य प्रशासन राज्यमन्त्री फरहाद होसेनले कोरोनाभाइरसको विस्तार रोक्न लकडाउन एकमात्र उपयुक्त विधि देखिएको भन्दै बिहीबार नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरिने बताउनुभयो ।

    कोरोनाभाइरस महामारीको अवस्थामा सामाजिक दूरी सुनिश्चित गर्न सरकारले मार्च २६ देखि १० दिनका लागि सार्वजनिक विदा दिएको थियो ।



    कोरोनाको संक्रमण बढ्दै गएसँगै उक्त विदालाई क्रमशः विस्तार गर्दै अप्रिल २५ सम्म पु–याइएको थियो । अर्को सातासम्ममा मानिसको आवातजावत, सार्वजनिक यातायातको बन्दाबन्दी तथा सबै व्यवसाय बन्द गरिएको एक महिना पुग्नेछ ।



    करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा बुधबारसम्ममा कोरोनाभाइरसका कारण १२० जनाको मृत्यु भएको छ भने तीन हजार ७७२ जना संक्रमित भएका छन् । एजेन्सी
    ––

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार