काठमाडौं । चौतर्फी रुपमा समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरण भयो भनेर पार्टीकै वरिष्ठ नेताहरुले आरोप लगाइरहेका बेला यादव आफैले आफू अपहरणमा नपरेको प्रतिक्रिया दिएका छन् ।
जनकपुर आएका नेकपाका सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठसँगै आफू काठमाडौं आएको भन्दै उनले आफू अपहरणमा परेको भन्ने हल्ला गलत भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नका लागि आफू जनकपुरबाट काठमाडौं आउँदा पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जानकारी दिएको समेत उनले बताए ।
आफ्नो मोवाइल गाडीमै छुटेको कारण अफ हुँदा कसैसँग सम्पर्क गर्न नपाएको बताउँदै उनले अहिलेसम्म आफूले प्रधानमन्त्री ओलीसँग चाहिं नभेटेको दावी गरे ।
आफू राति आएपछि होटलमा बसेको र बिहानै पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेटेको बताए ।
आफू एकीकृत पार्टीमै रहेको बताउँदै उनले पार्टी फुटाउनका आफूले कसैसँग कुराकानी नगरेको र आश्वासन पनि नदिएको बताए ।
हिजाे समाजवादी पार्टी नेपाल र राजपाबीच एकीकरण भएकाे थियाे ।
Leave a Reply