Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • डीएसपीमाथि इन्स्पेक्टरले गरे हातपात

    डीएसपीमाथि इन्स्पेक्टरले गरे हातपात

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 2.5K
    SHARES

    फाइल : तस्बिर

    भैरहवा । रूपन्देहीमा डीएसपीमाथि इन्स्पेक्टरले हातपात गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेडक्वाटर (राजश्व तथा भन्सार सुरक्षा गस्ती) गुल्म रुपन्देहीका दुईजना इन्स्पेक्टरले आफ्नै गुल्मपतिमाथि हातपात गरेको गरेका हुन्छ।

    रक्सीले मातेका इन्स्पेक्टरद्वय केशव भट्टराई र दयाराम पौडेलले मादक पर्दाथ सेवन गरी सोमबार राती व्यारेकमा आएर गुल्मपति डीएसपी मानबहादुर शाहीमाथि हातपात गरेका हुन् ।स्रोतका अनुसार रक्सीले मातेका दुवैजनालाई पटक-पटक सम्झाउँदा उल्टै डीएसपी शाहीमाथि हातपात भएको हो।



    डीएसपीले संझाउने वित्तिकै इन्स्पेक्टर पौडेल विवाद स्थलबाट बाहिर गएपनि इन्स्पेक्टर भट्टराई भने डीएसपी शाहीमाथि जाइ लागेका थिए। त्यसपछि हातपातमा उत्रिएका भट्टराईलाई जवानहरुले नियन्त्रणमा लिएका थिए। उनको स्थानीय भीम अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा मदिरा सेवन गरेको पाइएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार