Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सर्वेन्द्र खनाल भन्छन् : हामी सँगै काठमाडौं आएका हौं, अपहरण भन्नु नै गलत हो

    सर्वेन्द्र खनाल भन्छन् : हामी सँगै काठमाडौं आएका हौं, अपहरण भन्नु नै गलत हो

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 11.4K
    SHARES

    काठमाडौं । निवर्तमान आईजीपी सर्वेन्द्र खनालले समाजवादी पार्टीका सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरियो भनेर झुटो प्रचार भइरहेको बताएका छन् ।

    समाजवादी पार्टी नेपालले पार्टी फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा आफ्नो सांसद अपहरण गरेको भनेर झुटो आरोप लगाएपछि पूर्व आईजीपीले मुख खोलेका हुन् ।



    पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा अपहरणको शैलीमा काठमाडौं ल्याइएको आरोप लगाएका थिए ।



    कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नका लागि देशभर नै यतिबेला लकडाउन भइरहेको छ । लकडाउनका बेला राजधानीबाट अरनिको राजमार्ग हुँदै गाउँ फर्कने यात्रुहरुको भक्तपुर र बनेपातिर भिड बढेपछि भक्तपुरका सांसद महेश बस्नेत यात्रुहरुको व्यवस्थापनका लागि खटिएका थिए ।

    सोही क्रममा तनहुँका सांसद किसान श्रेष्ठ र उनका साथी पूर्व आईजीपी सर्वेन्द्र खनाल पनि बस्नेतकै आग्रहमा भक्तपुर पुगेका थिए ।

    बस्नेतसँग भेट भएकै समयमा जनकपुरमा रहेका डा. सुरेन्द्र यादवको फोन आउँछ र उनले काठमाडौं आउने इच्छा व्यक्त गर्छन् ।

    त्यसपछि डा. यादवकै आग्रहमा सांसद बस्नेतसहितको टोली हिजो (बुधबार) सासंद सुरेन्द्र यादवको घरमा पुगेर छलफल गरेका थिए ।

    खनालका अनुसार सोही पार्टीको प्रदेश सासंद कौशल यादव, उनका पिएसओ र केही आफन्तसहित डा. यादव काठमाडौंका लागि सांसद बस्नेतको टोलीसँगै तीनवटा गाडीमा आएका थिए ।

    जनकपुर गएको सांसद बस्नेतको टोलीमा पूर्व आईजीपी खानाल र सांसद श्रेष्ठ थिए ।

    काठमाडौं फर्कदै गर्दा सांसद बस्नेतले बाटैबाट प्रधानमन्त्री केपी शर्मा ओलीसँग डा. यादवको फोनमा कुरा गराएका थिए ।

    त्यतिबेला प्रधानमन्त्रीले तपाईं काठमाडौं आउनुस्। तपाईं अब मन्त्री बन्ने हो भनेको समेत बाहिर आइसकेको छ । सांसद बस्नेत र यादव पूरानो चिनजानका साथी पनि हुन् भने खनालसँग पनि यादवकाे पुरानाे चिनजान छ ।

    यसरी डा. यादवकै आग्रहमा उनकै घर पुगेर फर्कदा अपहरणमा आफ्नो नाम जोडिदा आश्चर्य लागेको खनालले बताए ।

    उनले भने–‘माननिय डा. यादवकै आग्रहमा हामी उहाँको घर पुगेका हौं र हामी सँगसँगै काठमाडौं आएका हौं । के यसलाई अपहरण भन्न मिल्छ ? त्यसैले यो कुनै अपहरण होइन र यसलाई अपहरण भन्नु नै गलत हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार