Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सकारात्मक, सांसदहरुसँगको छलफल स्थगित

    प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सकारात्मक, सांसदहरुसँगको छलफल स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिन संकेत देखाएका छन् । बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको भेटमा उनले अध्यादेश फिर्ता लिन संकेत देखाएका हुन्। अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै प्रधानमन्त्रीले आफू फिर्ता लिन तयार भएको नेकपा उच्च स्रोतले बतायो ।

    प्रधानमन्त्रीले पार्टीका शीर्ष नेता र निकट कानुन व्यवसायीहरुसँग यस विषयमा छलफल पनि थालेका छन्। बिहीबार बिहानै उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन्। संभवत: आजै साँझसम्ममा अध्यादेश फिर्ता हुनसक्ने नेकपाका एक नेताले बताए । संविधानको धारा ११४ को उपधारा २ ‘ख’मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ।



    राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिने बारे छलफल गरेको छ। हिजोदेखि सुरु भएको दुई अध्यक्षको सांसदहरुसँगको छलफल पनि स्थगित गरिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार