Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रेमिका बनाएर पाँच युवाले गरे सामूहिक बलात्कार

    प्रेमिका बनाएर पाँच युवाले गरे सामूहिक बलात्कार

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 1.9K
    SHARES

    विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकाकी १७ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार गरिएको घटना लगभग तीन महिनापछि बाहिरिएको छ। गत माघ १५ गते राति बलात्कारमा संलग्नमध्ये एक युवा आएर बुधबार साँझ किशोरीसँग झगडा गरिरहेको गाउँलेले देखेपछि पुरानो घटना सार्वजनिक भएको हो।

    घटना बाहिरिएपछि बलात्कारमा संलग्न बूढीगंगा–६ का २० वर्षीय टंके भनिने कुमार राई, १९ वर्षीय सन्देश लिम्बू, इन्द्र भनिने किशोर राई र लक्ष्मण राईलाई प्रहरीले बुधबारराति पक्राउ गरेको छ। प्रेमिका बनाएर ती किशाेरीमाथि बलात्कार भएकाे हाे। प्रहरीकाअनुसार ती किशोरीमाथि पाँच जना युवा मिलेर सामूहिक बलात्कार गरेको घटना लामो समयसम्म गुपचुप रहेको थियो।



    बलात्कारमा संलग्न रोशन मगर फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भैरहवा घर भएका रोशन बूढीगंगास्थित ठूलीआमाको घरमा बस्थे।मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईकाअनुसार प्रेमको नाटक गर्दै किशोरीलाई प्रेमिका बनाउने काममा लक्ष्मण संलग्न रहेको पाइएको छ।



    गाउँलेहरुको साथ र सहयोगकै कारण ढिलो भएपनि आफू घटनाका बारेमा खुल्न सकेको उनले सुनाएको जानकारी डीएसपी राईले दिए।‘युवाहरुले बारम्बार घरमै आएर झगडा र दुर्व्यवहार गर्दै धम्क्याउँदासम्म पनि मैले कुरा खोल्न सकेकी थिइँन,’ उनलाई उद्दृत गर्दै प्रहरीले भन्यो, ‘यही घटना वरपरका छरछिमेकीले देखेर साथ दिएपछि लामो समयदेखि पीडित भएर पनि पीडा बाहिर ल्याउन नसकिरहेकी मलाई धेरै सजिलो भयो ।’

    प्रहरीका अनुसार किशोरीका बुवाको यस अघि नै निधन भइसकेको छ।आमा एक वर्ष अघि वैदेशिक रोजगारीका लागि गएपछि घरमा दुई बहिनीको रेखदेख गरेर आफू पनि पढ्दै किशोरी बसेकी थिइन्। सामूहिक बलात्कारमा संलग्न विरुद्ध जबरजस्ती करणी मुद्धा चलाउन म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान अघि बढाइने जानकारी प्रहरीले दिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार