Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नवगठित ‘जनता समाजवादी पार्टी’ दल निर्वाचन आयोगमा दर्ता

    नवगठित ‘जनता समाजवादी पार्टी’ दल निर्वाचन आयोगमा दर्ता

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नवगठित ‘जनता समाजवादी पार्टी’ दल निर्वाचन आयोगमा दर्ता भएकाे छ। बिहीबार बिहान दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर दल दर्ता गराएका हुन्।

    दल दर्ताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका नेता बिहीबार बिहानै निर्वाचन आयोगको कार्यालय पुगेका थिए। बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा जनता समाजवादी पार्टी, नेपाल १३८८ नम्बरमा दर्ता भएको छ।



    दल दर्ताका लागि राष्ट्रिय जनता पार्टीका संयोजक शरत सिंह भण्डारी र समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरी निवेदन दिएका थिए। बुधबार राति राजपा र समाजवादीबीच एकता भएको थियो। नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको थियो। एकतापछि नयाँ पार्टीको झण्डा भने समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ भने चुनाव चिह्न राजपाले प्रयोग गरेको छाता राख्ने सहमति भएको छ। बुधबार राति भएको सहमतिमा राजपाका तर्फबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए।



    प्रधानमन्त्री केपी ओलीले सोमबार मात्र मन्त्रिपरिषद् बैठकबाट दल विभाजन खुकुलो हुनेगरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि राजपा फुट्ने चर्चा चलेको थियो। बाहिरी हल्ला विपरित बुधबार राति राजपा र समाजवादीबीच एकता भएको हो। संघीय संसदमा राजपा र समाजवादीका १७/१७ गरेर। ३४ सांसद रहेका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार