Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • काेराेनाकाे कहर: स्पेनले लम्ब्यायो आपतकाल

    काेराेनाकाे कहर: स्पेनले लम्ब्यायो आपतकाल

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 1.6K
    SHARES

    एजेन्सी । कोरोना भाइरस संक्रमणसँग जुधिरहेको स्पेनले आपतकाल लम्ब्याउँदै मे ९ सम्म पुर्‍याएको छ। बिहीबार स्पेनका राष्ट्रपतिले राखेको प्रस्ताव संसदले पास गर्दै आपतकालको अवधि मे ९ सम्म कायम गरेको हो।

    स्पेनले तेस्रो पटक आपतकालको अवधि बढाएको हो। उसले मार्च १४ मा पहिलोपटक कोरोना संक्रमण फैलन नदिन आपतकालको घोषणा गरेको थियो। संसदले स्पेनभित्र र बाहिर हिँडडुलमा समेत कडाइ जारी नै राखेको छ। स्पेन कोरोना भाइरस संक्रमित देशको सूचीमा दोस्रो स्थानमा छ। पछिल्लो समय नयाँ संक्रमित फेला पर्ने र अस्पताल भर्ना हुने दर घटे पनि संक्रमण फैलने जोखिम कम भइसकेको छैन।



    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार