Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • रेणु यादवको नेतृत्वमा पार्टी फुटाउने तयारी

    रेणु यादवको नेतृत्वमा पार्टी फुटाउने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडाैँ। पार्टी विभाजन सम्बन्धी अध्यादेश जारी भएलगत्तै सांसद रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजनको तयारी भएको छ । यादवसहित सांसद मोहम्मद इस्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरीया, विमल श्रीवास्तव, कलुदेवी विश्वकर्मा र सुरेन्द्र यादव र रेणुका गुरुङ समाजवादी पार्टी विभाजन गरेर नयाँ पार्टी बनाउने अभियानमा लागेका हुन् ।

    अलग पार्टी गठन गर्ने तयारीका लागि बुधबार साँझ बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका थिए । उनीहरुले बिहीबार नै नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् ।



    पार्टी विभाजनकै लागि भनेर महोत्तरीमा रहेका सांसद सुरेन्द्र यादव सरकारी सहयोगमा सडकमार्ग हुँदै काठमाडौं आएको बताइएको छ । यादव आउन ढिला भएका कारण बुधबार विज्ञप्ति निकाल्न ढिलाई भएको बताइएको छ । उनी आएर पार्टी विभाजनमा हस्ताक्षर गरेपछि बिहीबार नयाँ पार्टी गठन गर्ने उनीहरुको तयारी छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार