Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सामुदायिक वनबाट हतियारसहित चारजना सिकारी पक्राउ

    सामुदायिक वनबाट हतियारसहित चारजना सिकारी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    दाङ । डिभिजन वन कार्यालय दाङको गस्ति टोलीले पश्चिम दाङबाट ४ जना सिकारीलाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन्।

    शान्तिनगर गाउँपालिका ५ स्थित हात्तिखाल सामुदायिक वन क्षेत्रबाट १ थान भरुवा बन्दुक र ४ वटा मोटरसाइकलसहित उनीहरूलाइ पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।



    वन्यजन्तु सिकारी गर्नका लागि १५ जनाको टोली वन क्षेत्रमा प्रवेश गरेको सुकारी पाएपछि डिभिजन वन कार्यालय दाङबाट गएको टोलीले वनमा खोजी गर्दै जादा वन्यजन्तु मार्नका लागि तयारी अवस्थामा बसेका ४ जनालाई पक्राउ गरेको डिभिजनल अधिकृत ज्ञवालीले बताए ।



    सिकारीहरु समेत वन क्षेत्रमा भएको सूचना पाएपछि डिभिजन वन कार्यालयले प्रहरीको सहयोग मागेको थियो । प्रहरी निरिक्षकको नेतृत्वमा ८ जना प्रहरी र वनकर्मीहरुले वन क्षेत्रमा खोजतलास गरेका थिए । डिभिजन वन कार्यालयबाट २२ जनाको टोली गस्तिमा गएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार