Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • उदयपुरका ११ संक्रमितमध्ये तीन जना विदेशबाट आएका थिए

    उदयपुरका ११ संक्रमितमध्ये तीन जना विदेशबाट आएका थिए

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 1.8K
    SHARES

    मंगलबार उदयपुरको भुल्केमा एकै दिन ११ जना कोरोना संक्रमित देखिएकामध्ये दुईजना भारत र एकजना तेस्राे मुलुक दुबईबाट आएको खुलेको छ। दुबईबाट आएका एक युवकमा कोरोना संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले बताए। उनका अनुसार ती युवक गत फागुन १० गते दुबईबाट नेपाल आएको थिए।

    बाँकी दुई जना भने भारतको नयाँ दिल्ली र उत्तर प्रदेशबाट आएका हुन्। उनीहरू कहिले आएका हुन् भन्ने विवरण आउन बाँकी छ। उनीहरू पनि त्यहीँका स्थानीय हुन्।



    हिजो उदयपुरको भुल्केमा एकैदिन ११ जनामा कोरोना संक्रमण देखिएको थियो। यसअघि पनि सोही वस्तीको एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा संक्रमण देखिएपछि सो वस्ती सिल गरिएको छ। अहिले संक्रमित २४ जना नै विराटनगरको कोरोना विशेष अस्पतालमा उपचाररत छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार