Online Nepal
  • शनिबार, ७ असार २०८२
  • ज्ञानेन्द्र शाहीलाई पक्राउ गरी मुद्दा दर्ता

    ज्ञानेन्द्र शाहीलाई पक्राउ गरी मुद्दा दर्ता

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 3K
    SHARES

    ललितपुर । ‘हामी नेपाली हाम्रो नेपाल’ अभियानका संयोजक ज्ञानेन्द्र शाहीलाई पक्राउ गरी प्रहरीले मुद्दा दर्ता गरेकाे छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनलाई मंगलबार राति पक्राउ गरिएको हो। राहत बाड्ने कुरामा समन्वय गर्न खोज्दा प्रशासनविरुद्ध गएपछि पक्राउ गर्न बाध्य भएको एसएसपी राईले बताए।

    उनले भने,’शाहीविरुद्ध संक्रमण रोग नियन्त्रण ऎन २०२० अनुसार मुद्दा दर्ता भएको छ। प्रहरीले यसैमा केन्द्रीत भएर अनुसन्धान सुरु गरेको छ।’



    प्रहरीका अनुसार शाही स्थानीय तह तथा जनप्रतिनिधि कसैसँग समन्वय नगरी राहत बाड्ने भन्दै हिडेका थिए। सरकारले राहत बाडनु भन्दा पहिला स्थानीय तहमा सम्पर्क गर्नुपर्ने नीति तय गरेको छ। वडामा सम्पर्क गरेर मात्र राहत बाड्न आग्रह गर्दा शाहीले फेसबुक लाइभ गरी प्रशासनविरुद्ध अभिव्यक्ति दिएका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार