Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

    र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। र्‍यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा कोरोना पोजेटिभ देखिएका दुई जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

    कोरोना पोजेटिभ आशंकामा टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा कार्यरत दुई जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।



    टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको हो ।उनीहरुलाई मंगलबार टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।
    रिपोर्ट नेगेटिभ आएसंगै उनीहरुको डिस्चार्ज गर्ने तयारी भएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार