काठमाडौं। कोरोना भाइरसको महामारीबाट जोगाउन मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ ।
एसोसिएसनले सरकारको अभियानलाई सहयोग गर्न उक्त सहयोग गरेको जनाएको छ ।
सोमबार सिहंदरबार बग्गीखानास्थित ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक समारोहका बीच एसोसिएसनका अध्यक्ष दीपक मलहोत्राले प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई सो परिमाणको मास्क हस्तान्तरण गरेका थिए ।
एसोसिएनका अध्यक्ष मलहोत्राले आफ्नो सानो सहयोगले कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध लडिरहेका सुरक्षा निकायलाई केही हदसम्म भए पनि थप बल प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।
मास्क हस्तान्तरण कार्यक्रममा एसोसिएसनका अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।
Leave a Reply