Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • १९ एसपी एसएसपीमा बढुवा सिफारिस [सूचीसहित]

    १९ एसपी एसएसपीमा बढुवा सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 1.3K
    SHARES

    काठमाडौँ । गृह मन्त्रालयलले १९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्‍यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले १९ जना एसपीलाई एसएसपीमा सिफारिस गरेको हो ।

    गृह मन्त्रालयका अनुसार वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमअर केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल र अशोक सिंहलाई एसएसपीमा सिफारिस गरेको छ।



    यसैगरी सुदिप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणी आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङ पनि एसएसपीमा सिफारिस भएका छन्।



    एएसपीमा को-को सिफारिस ?

    आइतबार मात्रै १० जना एसएसपी डीआईजीमा बढुवा भएका थिए। त्यसअघि नै ९ जना एसएसपीको दरवन्दी खाली भए पनि बढुवा सिफारिस हुन सकेको थिएन। बढुवा भएका सबै २०४९, २०५१ र २०५२ मा सेवा प्रवेश गरेका अधिकृतहरु हुन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार